Nic Ad Nic Ad
Nic Ad Nic Ad

करणवीरविरुद्ध धोकाधडीको आरोप

बिहीबार, मंसिर ८, २०७९
मुम्बई–भारतीय अभिनेता करणवीर बोहरासहित ६ जनाविरुद्ध धोकाधडीको आरोपमा उजुरी परेको छ । एक ४० वर्षीया महिलाले ओशिवारा प्रहरीमा उजुरी दिएकी हुन् । करणवीरमाथि ती महिलाले धोका दिएर ठगी गरेको आरोप लगाएकी छन् । महिलाले आफूले पैसा माग्दा अभिनेता र उनकी पत्नी तजिन्दर सिद्धूले गोली हान्ने धम्कीसमेत दिएको आरोप लगाएकी छन् । ती महिलाका अनुसार करणसहित ६ जनाले उनलाई २ दशमलब ५ प्रतिशत व्याजमा पैसा फिर्ता दिने भन्दै ऋण लिएका थिए । महिलाका अनुसार हालसम्म उनले करिब ३ करोड रुपैंयाँमात्र फिर्ता पाएकी छन् । प्रहरीले उजुरीका विषयमा अनुसन्धान सुरु गरिसकेको छ । कैयौं टेलिफिल्ममा अभिनय गरेका करण पछिल्लोपटक एकता कपुरको रियालिटी शो ‘लकअप’मा देखिएका थिए । उनले त्यहाँ आफू ऋणमा डुबेको खुलासा गर्दै रोएका थिए । –एजेन्सी  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्