लगानप्रति सकारात्मक थिएनन् जावेद
मुम्बई–बलिउड अभिनेता आमिर खानको सुपरहिट फिल्म ‘लगान’ रिलिजको २१ वर्ष पुगेको छ । आमिर जहिल्यै पनि आफ्नो फिल्ममा केही नयाँपन दिन चाहन्थे, जुन चाहना उनले ‘लगान’मा देखाएका थिए ।
आमिरले यो फिल्म बनाउने निर्णय लिइरहँदा त्यो जोखिम कमै मात्र कलाकारले लिन चाहेका थिए । यद्यपि आमिरले निर्देशक आशुतोष गोवारिकरमाथि भरोसा गरेका थिए । जसकारण आशुतोषले दर्शकलाई सम्झनलायक फिल्म दिए ।
यो फिल्मको कथामा आमिर र आशुतोष पूर्ण रुपमा विश्वस्त भए पनि बलिउडका लोकप्रिय लेखक जावेद अख्तर यो कथाको विरोधमा थिए । उनी ‘लगान’कै कथामा फिल्म नबनोस् भन्ने चाहन्थे ।
फिल्मको कथा क्रिकेट खेल वरपर घुमेको थियो । तर जावेद यस्तो कथालाई दर्शकले मन नपराउनेमा विश्वस्त थिए । उनले आमिर र आशुतोषलाई ‘लगान’ नबनाउन सल्लाह दिएका थिए । तर आमिर र आशुतोषले उनको कुरालाई सुनेनन् ।
आमिर र आशुतोषलाई फिल्म नबनाउन सल्लाह दिए पनि आमिर फिल्मको गीतका लागि जावेदलाई भेट्न पुगेका थिए । तर जावेदले गीत लेख्नुपर्ने प्रस्तावलाई सहर्ष स्वीकारे । उनले लेखेको गीत हिट साबित भयो ।
–बलिउडलाइफ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:४४
प्रतिक्रिया दिनुहोस्