प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट
मोरङ – प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९र०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्ग्बोले आगामी आर्थिक वर्षका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ रहेको जानकारी दिए।
मन्त्री आङ्ग्बोले संघीय अनुदान बचत फिर्तातर्फ २ अर्ब रहेको बताए।
बजेट सार्वजनिक गर्दै मन्त्री आङ्ग्बोले वर्षको अनुमानित खर्च ब्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारले आन्तरिक राजस्वमा ४ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ रहने जानकारी दिए। जसमा राजस्व बाँडफाँटतर्फ ११ अर्ब ८८ करोड २४ लाख रुपैया, संघतर्फ वित्तीय समानिकरणमा ९ अर्ब ८२ लाख, ससर्त अनुदान ८ अर्ब ६९ करोड, समपूरकबाट ९२ करोड, विशेष अनुदानबाट ४७ करोड ५० लाख रहने उनले बताए।
सोही क्रममा राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख ब्यहोर्न सरकारले जनाएको छ। यसमा अपुग रकम नगद मौज्दात ३ अर्ब ५१ करोड र वैदेशिक अनुदानमा २५ करोड ६८ लाख रहेन सरकारले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १७:११
प्रतिक्रिया दिनुहोस्