Nic Ad Nic Ad
Nic Ad Nic Ad

नबिल बैंकले ल्यायो ‘क्यूआर’ कारोबारमा आधारित ‘क्यास ब्याक’ योजना

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - नबिल बैंकले महिला तथा युवा ग्राहक वर्गलाई लक्षित गर्दै ‘क्यूआर’ कारोबारमा आधारित नयाँ ‘क्यास ब्याक’ योजना सार्वजनिक गरेको छ ।

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष ९ग्ल्ऋम्ँ० को सहकार्यमा आधारित ‘क्यूआर कोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत यो योजना शुरु गरिएको बैंकले जनाएको छ ।

विशेष गरी कोभिड-१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ यो योजना शुरु गरिएको जनाइएको छ । युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषाअनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्यमी जसको आफ्नो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नु पर्ने जनाइएको छ ।

यसअघि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यास ब्याक योजना ल्याएको थियो । एक महिनाका लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम प्रतिकारोबार २०० रुपैंयाँ नगद फिर्ता दिइने छ । यो योजना असार महिनाभरि लागु हुने जनाइएको छ ।

वित्तीय पहुँच नपुगेका महिला र युवा उद्यमीलाई लक्षित यो योजनामार्फत नबिल बैंकले त्यस्ता उद्यमीहरुलाई बैकिङ च्यानलमा भित्र्याउने, पुराना निस्क्रिय मर्चेन्टलाई सक्रिय बनाउने र उनीहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १५० शाखा, १८७ एटिएम र एक हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् डिजिटल सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहक वर्गको उच्च सन्तुष्टी एवम आधुनिक डिजिटल बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्