मनोज पाण्डेविरुद्ध १० देखि १५ वर्ष जेल सजायको मागदाबी
काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार पाण्डेविरूद्ध अदातलमा मुद्धा दर्ता गराएको हो ।
सरकारी वकिल कार्यालयका अनुसार पाण्डेविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता गरिएको छ ।कार्यालयले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको छ ।
कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी तत्कालीन समयमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको यिो । किशोरीले जेठ पहिलो साता सामाजिक सञ्जालमा आई आफू बलात्कृत भएको जानकारी दिएकी थिइन् । त्यसपछि प्रहरीले खोजी गरी पाण्डेलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०१
प्रतिक्रिया दिनुहोस्