अमेरिकासँग नेपाल ३९ रनले पराजित
काठमाडौँ- विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा मैदानमा घरेलु टिम अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल ४७ ओभर ४ बलमा २०६ रनमै समेटियो ।
नेपालका लागि आरिफ सेखले ६३, सोमपाल कामीले ४७ र देव खनालले ३४ रन बनाएपनि टिमलाई जिताउन पर्याप्त भएन । आसिफ सेखले १७, रोहि पौडेलले १६, कुशल भुर्तेलले १०, दिपेन्द्रसिंह ऐरीले ७ र आदिल आलमले ४ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो । अमेरिकाका गजानन्द सिंह ५८ र सुशान्त मोदानीले ५४ रन बनाए । नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक एक विकेट लिए ।
प्रतियोगिताका ४ खेलमध्ये नेपालले १ खेल मात्र जित्न सक्यो । एक खेल बराबरीमा सकियो । ७ देश सम्मिलित लिट टूमा नेपाल पाँचौ स्थानमा छ । शिर्ष ३ मा पर्न सक्ने टिम विश्वकपका लागि छनोट हुनेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:१०
प्रतिक्रिया दिनुहोस्