बालकको देशप्रेम : प्रेरक प्रसङ्ग
एक पटक स्वामी विवेकानन्द विदेशमा स्याउ किनिरहेका थिए । पसलेले उनलाई नराम्रो स्याउ दिइहरेको थियो ।
एउटा बालकले यो सब देखिरहेको थियो । जब विवेकानन्द हिँड्न लागे तब उसले तुरुन्त विवेकानन्दसँग प्रार्थना गर्यो, तपाईं यो स्याउ मलाई दिनुस् र यसको मूल्य मबाट फिर्ता लिनुस् ।
विवेकानन्दलाई त्यो बालकको व्यवहार अनौठो लाग्यो । उनले कारण सोधे तब त्यो बालकले भन्यो, यो स्याउ बिग्रिएको छ । यस्तो स्याउ किनेपछि तपाईं आफ्नो देशमा गएर मेरो देशको बारेमा नराम्रो कुरा सुनाउनु हुनेछ, यो मेरो लागि कलंकको कुरा हुनेछ ।
विवेकानन्द उनको देशप्रेम देखेर छक्क परे । उनले भने— मलाई तिम्रो देशप्रेममा गर्व छ । म तिम्रो देशको बारेमा कसैसँग नराम्रो कुरा गर्नेछैन । बरु आफ्ना देशका मानिसलाई भन्नेछु कि यो देशका बच्चाबच्चा देशप्रेमी छन् ।’
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:२९
प्रतिक्रिया दिनुहोस्