Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक (बीओके) बीच मर्जर सम्झौता भएको छ । आपसमा गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका छन् ।

मर्जरपछि यो ग्लोबल आईएमई बीओके लिमिटेडको नाममा सञ्चालनमा आउनेछ । मर्जरपछि बन्ने बैंकको अध्यक्ष र सीईओ भने ग्लोबल आईएमई बैंककै रहनेछन्।

हाल ग्लोबल आईएमई बैंकका अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन् भने प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य छन् ।

दुवै बैंक समान सेयर अनुपात (१:१) मा गाभिन लागेका हुन् । मर्जरपछि बन्ने नयाँ संस्थाको चुक्ता पुँजी करिब ३४ अर्ब हुनेछ । यो त्यसपछि उक्त बैंक पुँजीका आधारमा हालसम्मकै ठूलो बैंक बन्ने छ । समझदारी पत्रमा ६ महिनाभित्र मर्जर प्रक्रिया पूरा गरिने उल्लेख भए पनि ४ महिनामै एकीकृत कारोबार सुरु गर्ने तयारीमा संयुक्त मर्जर समिति जुटेको छ ।

ग्लोबल आईएमई बैंकले यसअघि कमर्ज एन्ड ट्रस्ट, जनतालगायत दर्जन बढी बैंकलाई गाभिसकेको छ भने बीओकेले पनि यसअघि लुम्बीनी बैंकसँग मर्जर भएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्