Nic Ad Nic Ad
Nic Ad Nic Ad

करणमाथि कथा चोरीको आरोप

बिहीबार, मंसिर ८, २०७९
मुम्बई–बलिउडका लोकप्रिय निर्माता तथा निर्देशक करण जोहारको फिल्म ‘जुग जुग जियो’को कथा विवाद अदालतसम्म पुगेको छ । राँची निवासी विशाल सिंहले करणले आफ्नो कथालाई चोरेर फिल्म निर्माण गरेको आरोप लगाएका छन् । उनले कपीराइट एक्टअनुसार दर्ता गरिएको व्यावसायिक सुटमाथि सुनुवाई गर्दै राँचीको स्पेशल कमर्शियल कोर्टले करणलाई एक नोटिस जारी गरेको छ । अदालतले करणलाई जून १८ अघि आफ्नो बयान दिन निर्देशन दिएको छ । कोर्टका न्यायाधीश एमसी झाको अदालतमा भएको सुनुवाईको समयमा निवेदक विशालका अधिवक्ता सौरभ अरुणले फिल्मको ट्रेलर गत २२ मेमा रिलिज हुँदा आफ्नो कथा चोरिएको कुरा विशालले थाहा पाएको दाबी गरे । विशालले यसअघि यो कथा करणलाई पठाएका थिए । तर करणले उक्त कथा प्रयोगको लागि उपयुक्त नभएको भन्दै विशाललाई नै फिर्ता गरिदिएका थिए । अहिले विशालले सोही कथा करणले चोरेर फिल्म बनाएको आरोप लगाएका छन् । करणले वायकम १८ सँग मिलेर फिल्म निर्माण गरेका हुन् । फिल्ममा पहिलोपटक वरुण धवन र कियारा आडवाणीले स्क्रिन शेयर गर्दैछन् । फिल्म यही जून २२ मा रिलिज हुँदैछ । –जीन्यूज
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्