नक्सलवादीबाट डिस्को डान्सर बनेका मिथुन
मुम्बई–आज अभिनेता मिथुन चक्रवर्तीको ७२ औं जन्मदिन हो । उनी सन् ९० को दशकका एक स्टार हुन् । उनले बलिउडमा कैयौं लोकप्रिय फिल्ममा अभिनय गरे । मिथुनले सन् १९७६ मा रिलिज फिल्म ‘मृगया’बाट बलिउडमा पाइला चालेका थिए ।
तर उनले लोकप्रियता फिल्म ‘डिस्को डान्सर’बाट पाए । यो फिल्मको गीत ‘आइ एम ए डिस्को डान्सर’ अहिले पनि उत्तिकै लोकप्रिय छ । भारतमा यो पहिलो फिल्म थियो, जसले सय करोड बढी व्यापार गरेको थियो ।
मिथुनको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो । तर उनले आफ्नो मेहनतका कारण भाग्य बदले । उनी आज करोडौंको मालिक छन् । कुनै समय मिथुन नक्सलवादी थिए । उनको जन्म सन् १९५० जून १६ मा कोलकातामा भएको थियो । बीएससीको पढाई पुरा गरेपछि उनले फिल्म एण्ड टेलिभिजन इनिष्टिच्यूट पूणेबाट ग्राजुएसन गरेका थिए ।
मिथुन नक्सलवादी बन्नु उनको परिवारका लागि आपत्तिको विषय थिइन् । तर एक दिन मिथुनको भाइको दुर्घटनामा निधन भएपछि मिथुन कहिल्यै नक्सलवादी भएनन् ।
सन् ८० को दशकलाई हेर्ने हो भने अधिकांश फिल्ममा मिथुन नै थिए । तर एक यस्तो समय पनि आयो, जब मिथुन अभिनित अधिकांश फिल्म फ्लप साबित भए । सन् १९९३ देखि १९९८ सम्म उनी अभिनित ३३ फिल्म फ्लप भए । फिल्म फ्लप भए पनि उनको स्टारडममा कुनै असर परेन ।
–एबीपी लाइभ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:५७
प्रतिक्रिया दिनुहोस्