राजनीति गर्न रबि लामिछानेले छोडे टेलिभिजन, कहाँबाट उठ्लान् ?
काठमाडौँ– सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा जाने भएका छन् ।
सिधा कुरा जनतासँग कार्यक्रम मार्फत चर्चामा आएका सञ्चारकर्मी लामिछाने राजनीतिमा लाग्न कै लागि सञ्चारकर्मबाट अलग्गिएको उनका सहयोगी पत्रकार दिपक बोहोराले जानकारी दिए ।
लामिछानेले ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक बाट राजिनामा समेत दिएका छन् । उनलाई टेलिभिजनका अध्यक्ष जीबी राईले बिदाइ गरेका छन् ।
बिदाई समारोहमा लामिछानेले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राजनीतिमा लाग्न चाहेको बताए । उनले जनताका प्रश्न सोध्ने ठाउँबाट अब जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको बताए ।
लामिछानेले बिहीबार ग्यालेक्सी टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा जनतासँग कार्यक्रमको अन्तिम अङ्क सञ्चालन गर्नेछन् ।
उनी आगामी संसदीय निर्वाचनमा उम्मेदवार बन्ने तय भइसकेको भएपनि कुन दलमा जाने वा स्वतन्त्र रुपमा उम्मेदवार बन्ने र कहाँबाट उम्मेदवारी दिने भन्नेबारे असार ७ गते सार्वजनिक गरिने पनि बोहोराले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०५
प्रतिक्रिया दिनुहोस्