Nic Ad Nic Ad
Nic Ad Nic Ad

जवानीको जोश ल्याउँदै झिल्के एण्ड द कम्पनी

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–इण्डी रक ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’ले यही शनिबार ठमेलको सुपर क्लबमा नयाँ एलबम ‘जवानीको जोश’ सार्वजनिक गर्ने भएको छ । उनीहरुले त्यहाँ आफ्ना नयाँ र पुराना गीतको गायन प्रस्तुतिसँगै एलबम पनि सार्वजनिक गर्न लागेका हुन् । कार्यक्रमको व्यवस्थापन पीभीइ नेटवर्कले गर्दैछ । व्याण्डका प्रमुख गायक तथा गितारिष्ट स्टिभ देवानले नयाँ एलबममा समेटिएका गीतले नेपाली युवाहरुको विचार र व्यक्तिगत विचारलाई अभिव्यक्त गर्ने स्वतन्त्रतालाई प्राथमिकता दिएको बताए । एलबममा सात गीत छन् । ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको गीतमा कोर ताम्राकारको रेकर्ड, मिक्सिङ र मास्टरिङ छ । एलबममा झिल्के एण्ड कम्पनी, प्रसोङ रुपाचा, निशान्त शाक्य र बोनी श्रेष्ठको शब्द छ । एलबममा पंक रक, रक एण्ड रोल, ब्लुज, अल्टरनेटिभ रकलगायतका फ्लेभरका गीत छन् । ‘एनओएफएक्स’ जस्ता पंक रक ब्याण्डदेखि लिएर ‘द एक्स’ जस्ता विद्यालयका व्याण्डभन्दा केही फरक ‘झिल्के एण्ड द कम्पनी’ले आफूलाई ‘झिल्के रक’का रुपमा संगीतपारखीमाझ चिनाउदै आएको छ । व्याण्डमा स्टिभ देवान गायक तथा गितारिष्ट, विशाल हाङ राई बेस, दीप्सन केसी ड्रम र ज्याकी शाक्य गीतारमा छन् । सन् २०१९ मा स्थापना भएको व्याण्डका गीत ‘पंक्षीहरु’, ‘मलाई केही आउदैन’, ‘झिल्के फायर’ र ‘निलो सुटकेस’ लोकप्रिय छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्