प्रकाशको मान्छे–मान्छे सार्वजनिक
काठमाडौं–फिल्म‘प्रकाश’को पहिलो गीत ‘मान्छे मान्छे’ सार्वजनिक गरिएको छ । बिहिबार डिएआर मुभिज युट्युब च्यानल मार्फत सार्वजनिक लिरिकल भिडियोमा फिल्मका चल अचल दृष्य समावेश गरिएको छ ।
गीतले वर्गिय द्वन्द्वको विषयलाई गहन रुपमा प्रस्तुत गरेको छ । देशमा परिवर्तनका लागि जनयुद्ध भयो, व्यवस्था फेरिए, सरकार फेरिए तर व्यवहार फेरिन नसकेको विषयलाई गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । समग्रमा यो गीतले फिल्मको थिम बुझाउन खाजेको छ ।
व्यवस्था परिवर्तन भए पनि अझै बिभिन्न तह र सेक्टरहरुमा अवस्था परिवर्तन भएको छैन । मुख्य पात्रका माध्यमबाट अझै पनि विचार परिवर्तन हुन नसकेको देखाउन खोजिएको छ ।
त्यसो त फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको यो गीतबाट स्पष्ट हुन्छ ।
अशोक शेरचनको शब्द रकेको गीतमा एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर रहेको छ ।
दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्म्स, रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
https://www.youtube.com/watch?v=Ze8dlamenG0
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:१४
प्रतिक्रिया दिनुहोस्