Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरि बढेर आयो पेट्रोलियमको मूल्य

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ। इन्डियन आयल कर्मोरेशनले आज पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ। नयाँ मूल्य सूचीअनुसार, पेट्रोल प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल प्रतिलिटर १९.०३ पैसा र हवाई इन्धन प्रतिलिटर १९।९१ रुपैयाँ बढेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन्। अहिले आयल निगमले पेट्रोल प्रतिलिटर १७८, डिजल १६५, मट्टितेल १६५, हवाई इन्धन आन्तरिकतर्फ १६६ र एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सयमा बिक्री गर्दै आएको छ। नयाँ मूल्य सूचीअनुसार, निगमलाई पेट्रोलमा प्रतिलिटर ३१।२८ रुपैयाँ, डिजलमा ३७।१६ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ २.७० रुपैयाँ र एलपी ग्यासमा ७५१.१४ रुपैयाँ घाटा हुने अवस्था आएको प्रवक्ता उपाध्यायले जानकारी दिएका छन्।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५०
प्रतिक्रिया दिनुहोस्