आजदेखि देशभर चिसो मान्छे
काठमाडौं—वैदेशिक रोजगारीमा गएका श्रीमान गुमाएपछि उनको शवलाई लिएर बाजुरा पुगेकी एक महिलाको कथा समेटिएको फिल्म ‘चिसो मान्छे’ आजबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा पहिलोपटक अभिनेत्री स्वस्तिमा खड्का सुदूरपश्चिमेली लवजसँगै बाजुरेली महिलाको गेटअपमा देखिएकी छन् ।
अभिनेत्री स्वस्तिमाले यो फिल्मका लागि बाजुरामा बोलिने भाषा र स्थानीय लवजको प्रशिक्षण पनि लिएकी थिइन् । उनका अनुसार बाजुराको एक गाउँको भाषा र अर्को गाउँको भाषा फरक छ ।
दीपेन्द्र के खनाल निर्देशित फिल्ममा स्वस्तिमा खड्का, देशभक्त खनाल र अर्पण थापाको अभिनय छ ।
डिएस डिजिटलको व्यानरमा निर्माण भएको फिल्मकी निर्माता शर्मिला पाण्डे हुन् । फिल्ममा दीपेन्द्रकै छायांकन, कथा, पटकथा तथा संवाद छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०५
प्रतिक्रिया दिनुहोस्