ब्याटमेनः द लङ हेलोविन अभिनेता टिमको निधन
लसएञ्जल्स—हलिउड कमिक्स ‘ब्याटमेनः द लङ हेलोविन’ र ‘सुपरमेन फर अल सिजन्स’ जस्ता लोकप्रिय कमिक्सका कलाकार टिम सेलको बिहीबार ६६ वर्षको उमेरमा निधन भएको छ । अभिनेताको आधिकारिक ट्वीटर एकाउण्टमार्फत परिवारले उनको निधनको पुष्टि गरेका छन् ।
‘निकै दुःखका साथ यो घोषणा गर्नुपरेको छ कि टिम सेलको आज निधन भएको छ । उहाँ तपाईं सबैलाई निकै प्रेम गर्नुहुन्थ्यो । कृपया यो पोस्टसँगै तस्वीरहरु र कथाहरु शेयर गर्नुहोला’, परिवारले ट्वीट गरेका छन् ।
उनको निधनको कारण खुल्न सकेको छैन । तर उनी केही वर्षयता गम्भीर स्वास्थ्य समस्यामा जुधिरहेका थिए । यो कुराको जानकारी उनको परिवार र साथीहरुले दिएका छन् ।
टिमको निधनमा डीसी कमिक्सले पनि दुःख व्यक्त गरेको छ । डीसी कमिक्सका प्रकाशक र मुख्य अधिकारीले टिम एक असाधारण कलाकार रहेको र उनको प्रतिष्ठित पात्रहरुमा मानवीय गहिराई रहेको उल्लेख गरेका छन् । ‘उनको जबदस्त पेज डिजाइनले एक पुरा पिढीलाई कमिक बुक स्टोरी टेलिङको बारेमा सोच्ने शैलीलाई परिवर्तन गरेको थियो । टिमलाई हामी सबैले सम्झिइरहनेछौं । उनको परिवार र साथीहरुप्रति हाम्रो समवेदना’, प्रकाशनले भनेका छन् ।
टिमले ‘ब्याटमेन’का लागि मात्र होइन, आफ्नो सहयोगी कमिक्स लेखक जेफ लोएबसँगै ‘सुपरमेन’, ‘ब्याटमेन’, ‘स्पाइडर—मेन’ र ‘क्याप्टेन अमेरिका’को कथामा पनि काम गरेका थिए । उनीहरुको उद्देश्य सबै सुपरहिरोको कथालाई घर—घरसम्म पुर्याउनु थियो ।
—अमरउजाला
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:१३
प्रतिक्रिया दिनुहोस्