Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुस्तक लेख्दै मलाइका

शुक्रबार, मंसिर ९, २०७९
मुम्बई—बलिउडकी ग्ल्यामर अभिनेत्री मलाइका अरोडाले अभिनय अघि मोडलिङ उद्योगमा पाइला चालिन् । यसपछि उनले कैयौं फिल्ममा आइटम नृत्यसँगै अभिनय पनि गरिन् । अहिले उनी विभिन्न शोको निर्णायकका रुपमा व्यस्त छिन् । फिटनेसमा मलाइकाको चासो उत्तिकै छ । ४८ वर्षीया अभिनेत्री यो उमेरमा पनि फिटनेसमा उत्तिकै सक्रिय छिन् । अब उनी लेखिका बन्ने तयारीमा छिन् । जुन कुराको खुलासा उनले हालै एक अन्तरवार्तामा गरेकी छन् । ‘मेरो लक्ष्य जहिल्यै स्वास्थ्यप्रतिको आफ्नो धारणालाई विश्वमाझ राख्नु हो । पुस्तकले मेरो बुझाईलाई आम मानिससँग शेयर गर्न सहयोग गर्नेछ । त्यसकारण पनि म पुस्तक लेख्ने योजनामा छु’, उनले भनेकी छन् । मलाइका योग र वर्क आउटमा जहिल्यै अगाडि छिन् । उनी फिटनेस र स्वास्थ्यसँग जोडिएका कैयौं ब्राण्डसँग जोडिएकी छन् । उनको सर्व योग नामको योग स्टुडियो पनि छ । त्यसकारण उनी फिट हन र फिटनेससँगै स्वास्थ्यलाई कसरी सन्तुलनमा राख्न सकिन्छ भन्ने विषयमा पुस्तक लेख्दैछिन् । मलाइकाले सन् २०२१ मा डेभिलरी—अन्ली फूड सर्विस ‘न्यूड बाउल्स’लाई सार्वजनिक गरेकी थिइन् । जसमा उनले स्वास्थ्य प्रति जागरुक मानिसका लागि एक मेनू तयार गरेकी थिइन् । —एबीपीन्यूज
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५६
प्रतिक्रिया दिनुहोस्