यस्तो छ आजको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ५३ पैसा र बिक्री दर १३० रुपैयाँ १५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५१ रुपैयाँ ३३ पैसा र बिक्री दर १५२ रुपैयाँ ५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ६६ रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७७ पैसा र बिक्री दर ८७ रुपैयाँ १९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७८ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:५१
प्रतिक्रिया दिनुहोस्