Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुँदारुँदैमा एकल महिलाको पीडा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौंं–गायक भक्त प्रधानको स्वरमा रहेको गीत ‘रुँदारुँदै’ को सार्वजनिक भएको छ । गीतले एकल महिलाको आवाजलाई उठान गरेको छ । नितेश राईको शब्द र संगीत तथा राजु कार्कीको एरेञ्ज छ । दलित र ब्राम्हण समुदायको प्रेम र एकल महिलाको पीडा देखाइएको भिडियोमा सुरवीर पण्डित, रस्मी भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौलालगायतको अभिनय छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् । भिडियोमा दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन छ । भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो । https://www.youtube.com/watch?v=0SLB9RlgXiw
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार