Nic Ad Nic Ad
Nic Ad Nic Ad

निजगढ विमानस्थल निर्माणको काम शुरू गर्न माग

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब शुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निणर्यप्रति असहमति राख्दै उक्त निणर्य अविलम्ब सच्चाउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् ।

विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, कहिले सडक अवरुद्ध, सडकमै मानव साङ्लो प्रदर्शन, राजमार्गमा रिले अनशन, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेतासँग भेटी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेबारे ज्ञापनपत्र बुझाउने लगायतका क्रियाकलाप जारी राखेका छन् ।

साथै अझै पनि निरन्तर विभिन्न दबाबमूलक कार्य गर्दै जाने निजगढ सार्वजनिक सरोकार समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले बताए ।

मुलुकको सम्भावित स्थानमा सर्वे गरी हरेक दृष्टिकोणले निजगढमा विमानस्थल बनाउन देशी विदेशी विज्ञसहितको सर्वे टोलीले उपयुक्त हुने प्रतिवेदन बुझाएसँगै ढिलै भए पनि यहाँ विमानस्थल निर्माणका प्रारम्भिक चरणका कार्य हुँदै आइरहेका थियो । विमानस्थल निमाणर् हुनुपर्ने पक्षधरले उक्त निणर्य समग्र मुलुकको आर्थिक समृद्धि भन्दा बाहिर भन्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जोडदार माग गर्दै आएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:४४
प्रतिक्रिया दिनुहोस्