युरोपियन आर्थिक संघ–नेपाल र रोमानिया चेम्बर अफ कमर्सबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ– युरोपियन इकोनोमिक चेम्बर– नेपाल र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, रोमानियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र रोमानियाको व्यापार सम्बन्धलाई सुदृढ गर्न, आर्थिक सहयोगको विकास गर्न, दुई देशबीच सुदृढ व्यापार सम्बन्ध विस्तार गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा ईइसी–नेपालका नारायण बजाज र रोमानियाका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
यस प्रकारको समझदारीले दुवै चेम्बरहरू बीच फलदायी आर्थिक सहयोगका लागि दिशानिर्देशहरू तय हुने विश्वास लिएको छ । त्यस्तै, यसले देशका सदस्यहरू र देशका व्यापारी समुदायहरू बीचको व्यापार, औद्योगिक सहयोग र आर्थिक सहयोगका अन्य रूपहरूलाई सहज बनाउन सहयोग र विकासमा हुने विश्वास लिएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:५१
प्रतिक्रिया दिनुहोस्