Nic Ad Nic Ad
Nic Ad Nic Ad

इंग्ल्यान्डको फराकिलो जित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले हराएको हो ।

जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता बनाएको छ । इंग्ल्यान्डले दिएको ४ सय ९९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६६ रन बनायो ।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ९८ रनको कीर्तिमानी योगफल बनाएको थियो ।

इंग्ल्यान्डले यस अघि २०१८ मा अष्ट्रेलियाविरुद्ध ६ विकेट गुमाएर ४ सय ८१ रनको कीर्तिमान बनाएको थियो । इंग्ल्यान्डका लागि तीन खेलाडीले शतक बनाए ।  बट्लरले अविजित रहदै १ सय ६२ रनको शतकीय इनिङ खेले ।

यस्तै डाविड मालनले १ सय २५ तथा फिल साल्टले १ सय २२ रनको शतकीय इनिङ खेले । लियाम लिभिङस्टोन ६६ रनमा अविजित रहे । नेदरल्यान्ड्सका पिटर सिलारले २ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्