मोदीले मनाए आमाको एक सयौँ जन्मदिन, आमाको गोडा धोएर आँखामा लगाए पानी
काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमा हिराबेन मोदीको १००औँ जन्मदिन मनाएका छन् ।
शनिबार गुजरातको राजधानी गान्धीनगरस्थित घरमा पुगेरका मोदीले आमाको जन्मोत्सव मनाएका हुन् ।
समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीकी आमा हिराबेन शनिबार १०० वर्षमा प्रवेश गरेकी छन् ।
त्यस अवसरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको गोडा धोएर आमाबाट आर्शिवाद लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गुजरात: प्रधानमंत्री नरेंद्र मोदी ने आज अपनी मां हीराबेन मोदी से उनके जन्मदिन पर गांधीनगर स्थित उनके आवास पर मुलाकात की।
हीराबेन मोदी आज अपने जीवन के 100वें वर्ष में प्रवेश कर रही हैं। pic.twitter.com/gR145Pecxs — ANI_HindiNews (@AHindinews) June 18, 2022
मोदीले आमाको गोडा धोएको पानी आँखामा लगाएका थिए । त्यसपछि उनले दोसल्ला ओढाएर आमाप्रति सम्मान प्रकट गरेका थिए ।
मोदीका आमा हिराबेन कान्छा छोरा पञ्कज मोदीसँग गान्धीनगरमा बस्दै आएकी छन् ।
मोदी शुक्रबारै गुजरात पुगेका थिए । त्यहाँ उनी थुप्रै कार्यक्रममा सहभागी भएका थिए ।
#WATCH | Gujarat: Prime Minister Narendra Modi met his mother Heeraben Modi at her residence in Gandhinagar on her birthday today. Heeraben Modi is entering the 100th year of her life today. pic.twitter.com/7xoIsKImNN
— ANI (@ANI) June 18, 2022