Nic Ad Nic Ad
Nic Ad Nic Ad

सवालजवाफी र आत्मविश्वास

शुक्रबार, मंसिर ९, २०७९
इङ्ग्ल्याण्डमा नौसेनाका अधिकारीहरुको छनौटको लागि साक्षात्कार चलिरहेको थियो । लर्ड माउन्टबेटन पनि यसमध्ये एक उमेदवार थिए । उनीसँग साक्षात्कारमा सोधियो, समुद्रमा भीषण आँधी आयो भने तिमी के गर्छौ ? माउण्टबेटनले सिधा जवाफ दिए, लङ्गर लगाएर जहाज स्थिर गर्नेछु । अर्को प्रश्न थियो, यदि अर्को एउटा भीषण आँधीले जहाजलाई घेर्‍यो भने तिमी के गर्छौं ? माउण्टबेटनको जवाफ थियो, अर्को एउटा लङ्गर लगाउँछु । यही प्रश्न र जवाफ दोहोरिँदै गयो । आखिरमा साक्षात्कार लिने अधिकारीले मुस्कुराएर सोधे, ए युवक धेरै लङ्गर तिमी कहाँबाट ल्याउँछौ ? माउन्टबेटनले कुनै अप्ठ्यारो नमानी जवाफ दिए, त्यहीँबाट श्रीमान्, जहाँबाट तपाईंले यति धेरै आँधी ल्याइरहनु भएको छ । प्रश्नकर्ता निरुत्तर थियो । तर सवालजवाफी र आत्मविश्वासको कारण माउण्टबेनलाई रोजियो । यिनै माउण्टबेटन पछि गएर भारतका गभर्नर जनरल बने । साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्