Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिद्धूको गीत बिलबोर्ड ग्लोबलको १ सय ५४ औं स्थानमा

बिहीबार, मंसिर ८, २०७९
मुम्बई– भारतका दिवंगत गायक सिद्धू मूसेवालाको गीत ‘२९५’ बिलबोर्ड ग्लोबल २०० चार्टको १ सय ५४ औं स्थानमा परेको छ । सिद्धू यो सूचीमा स्थान बनाउने पहिलो पञ्जाबी गायक हुन् । सिद्धूको गत महिना गोली हानी हत्या गरिएको थियो । बिलबोर्डको यो सूचीमा कमै भारतीय गायकहरु पर्दछन् । यो सूचीको पहिलो नम्बरमा केट बुशको गीत ‘रनिङ अप द्याट हिल’ छ । हेरी स्टाइल्स, बेड बनी, लिजो, केमिला केबेलो, एड शीरन र जस्टिन बीबर पनि बिलबोर्ड ग्लोबल २०० मा सामेल छन् । सिद्धूको गीत ‘२९५’ गीत गत जुलाई २०२१ मा रिलिज गरिएको थियो । यो गीतलाई युट्युबमा हालसम्म १ सय ९८ मिलियन पटक हेरिएको छ । युट्युब म्युजिकमा यो गीत ग्लोबल चार्टमा चौथो स्थानमा छ । सिद्धूलाई गत २९ मेको साँझ मनसामा हत्या गरिएको थियो । यो घटनाको ठीक एकदिन पहिले पञ्जाब सरकारले उनको सुरक्षाकर्मी हटाएको थियो । –दैनिक भास्कर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार