Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला टी-ट्वान्टी च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित 

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ- मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले शनिबार भएको खेलमा कुवेतलाई २५ रनले हराएको हो । नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रन बनाइन । नेपालकी सीता राना मगरले २ तथा अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले एक एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । [caption id="attachment_124627" align="alignnone" width="850"]  प्लेयर अफ दि म्याचको ट्रफी सहित क्याप्टेन रुविना [/caption] नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३४ र इन्दु बर्माले अविजित २८ रनको योगदान गरे । यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ तथा सीता मगर र काजल श्रेष्ठले ५/५ रनको योगदान गरे । यस जितसँगै नेपाल २ खेलमा ४ अंक जोड्दै समूह 'बी' को शीर्ष स्थानमा छ । जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । अब नेपालले सोमबार बहराइन र मंगलबार हङकङसँग खेल्नेछ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कपमा छनोट हुनेछन । यसैगरी, उक्त खेलमा नेपालकी कप्तान रूबिना क्षेत्री प्लेयर अफ दि म्याच भइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:२८
प्रतिक्रिया दिनुहोस्