Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेश र बागमती प्रदेश फाइनलमा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेश बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।  मूलपानी मैदानमा सम्पन्न दिनको पहिलो सेमिफाइनल खेलमा बलियो प्रदेश १ लाई ५ विकेटले हराउँदै बलियो बागमती फाइनल प्रवेश गरेको हो । बर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बलियो प्रदेश १ ले ६३ रन जोडेको थियो । उसका रबिन मण्डलले १५ र सिवांश बजगाईले १४ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलियो प्रदेश १ लाई सस्तैमा रोक्न बलियो बागमतीका कप्तान युवराज खत्रीले २ ओभरमा १० रन खर्चिएर ३ विकेट चट्काए । जवाफमा ६४ रनको लक्ष्य बलियो बागमतीले १०‍.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । बागमतीको जितमा समिर विष्टले १७ रन बनाए । खेलको प्लेयर अफ दि म्याच बलियो बागमतीका कप्तान युवराज खत्री घोषित भए । यस्तै दिनको दोस्रो सेमिफाइनल खेलमा बलियो लुम्बिनी माथि २ विकेटको रोमाञ्चक जित दर्ता गर्दै बलियो मधेश प्रदेश फाइनल प्रवेश गरेको छ ।  १९ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै बलियो लुम्बिनी प्रदेशले ७ विकेटको क्षतिमा १०० रन जोडेको थियो । उसका लागि सन्दिप गौतमले २३ रन र अनुज ठकुरीले १७ रनको योगदान गरे । बलिंग तर्फ बलियो मधेशका साईमन रोएले ४ ओभरमा केवल ५ रन खर्चिएर २ विकेट हात पारे । जवाफमा १०१ रनको लक्ष्य पछ्याएको बलियो मधेश प्रदेशलाई ३ बलमा २ रन आवश्यक रहँदा साईमन रोएले छक्का प्रहार गर्दै खेल जिताए । २ विकेटको रोमाञ्चक जित दर्ता गर्ने क्रममा बलियो मधेशका लागि रंजन यादवले २५ र साईमन रोएले अविजित २४ रन बनाए।  बलियो लुम्बिनीका लागि करन घर्ति मगरले ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट हात पारेपनि टोलीलाई जित दिलाउन सकेनन् ।   प्रतियोगिताको फाइनल खेल सोमबार १० बाट सुरुहुने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:३४
प्रतिक्रिया दिनुहोस्