उपाध्यक्षका नातेदारको मृत्युमा गाउँपालिकामा सार्वजनिक विदा
काठमाडौँ— रुपन्देहीको मर्चवारी गाउँपालिकामा उपाध्यक्षका ‘देवर’ नाता पर्ने व्यक्तिको मृत्युमा पालिकाले सार्वजनिक बिदा दिएको छ।
मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहका ‘देवर’ नाता पर्ने व्यक्तिको दुर्घटनामा मृत्यु भएको भन्दै गाउँपालिकाले पालिकासहित सम्पूर्ण वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय र अन्य संघसंस्था बन्द गर्ने सूचना जारी गरेको हो ।
मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘यस मर्चावरी गाउँपालिका रायपुर, रुपन्देहीको नवनिर्वाचित उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने आज मिति २०७९/०३/०५ गतेका दिन आइतबार दुर्घटनामा परि असामयिक अल्पायुमा स्वर्गारोहण भएकोमा निजको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आज मिति २०६९/०३/०५ गतेका दिन यस कार्यालयलगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालयहरू तथा अन्य संघसंस्थाहरूसमेत बन्द रहने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०१
प्रतिक्रिया दिनुहोस्