Nic Ad Nic Ad
Nic Ad Nic Ad

आसाममा बाढी–पहिरो, ६२ जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढीपहिरोमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।

आसाम राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर ५१ र पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको छ । बाढीमा परी आठ जना हराइरहेका छन् ।

बाढीबाट राज्यका बजाली, बक्सा, बारपेटा, विश्वनाथ, बोङगाईगाउँ, कछार, दराङ, धेमाजी, धुब्री, डिब्रुवढ, गोलपारा, कार्बीआङलोङ, सोनितपुर, नलवारी, करीमगञ्ज, दक्षिण सालमारा, तामुलपुर, तीनसुकियालगायत ३२ जिल्लाका ३१ ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।

पीडितहरूको उद्धार तथा राहतका लागि जिल्ला प्रशासनले पाँचसय १४ राहत शिविर एवम् तीनसय दुई राहत सामग्री वितरण केन्द्र स्थापना गरेको छ ।

हाल एक लाख ५६ हजार तीनसय ६५ जनालाई राहत शिविरमा आश्रय दिइएको छ । राज्यका चार हजार दुईसय ९१ गाउँ बाढीको चपेटामा परेको छ भने ६६ हजार खेतीयोग्य जमिन जलमग्न भएको छ । बाढीबाट २५ लाखभन्दा बढी चौपाया पनि प्रभावित भएका छन् । -रासस/एएनआई

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार