डा. भण्डारीको अध्यक्षतामा नेप्लिज क्यानेडियन हेरिटेज केन्द्रको नयाँ सञ्चालक समित चयन
क्यानडा– नेप्लिज क्यानेडियन हेरिटेज केन्द्र (एनसीएजसी) को नयाँ संञ्चालक समिति चयन गरेको छ ।
केन्द्रको नवौँ साधारण सभाले नेतृत्वमा डा. लीला भन्डारीकोको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
शनिवार भएको साधारण सभाले हेमन्त दाहाललाई सभापति चयन गरेको छ भने उप सभापतिमा डा. तुलसी दरेल चयन भएका छन् ।
यस्तै महासचिवमा डा. राजेन्द्र पन्थी , सहसचिवमा नरहरि तिमिल्सिना, कोषाध्यक्षमा मदन पोखरेल, सहकोषाध्यक्षमा भरत सापकोटा र प्रवक्तामा सी एम उप्रेती चयन भएका छन् ।
यसैगरी, सञ्चालक समिति सदस्यहरुमा गीता दवाडी, सुभद्रा गुरुङ, ध्रुव न्योपाने, मोहन बहादुर गुरुङ, प्रणव मिश्र, सञ्जीव श्रेष्ठ, ऋषि गैरे चयन भएका छन् ।
क्यानडामा नेपालीहरुको बाक्लो बस्ती रहेको ग्रेटर टोरन्टो क्षेत्रमा एक मात्रै पशुपतिनाथको मन्दिर रहेको छ । यहाँ नेपालीमात्रै नभई हिन्दु धर्ममा आस्था राख्ने विश्वका सबै देशका मानिसहरु दर्शनका लागि आउने गर्छन् । मन्दिर अहिले आफ्नै भवनमा सन्चालित भए पनि दशर्नाथी तथा भक्तजनहरुको घुइँचो अत्यधिक भएकोले निकट भविष्यमा अझै ठूलो क्षेत्रफल भएको स्थानको खोजी भइरहेको केन्द्रले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:३८
प्रतिक्रिया दिनुहोस्