Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्धनको मूल्यवृद्धिविरुद्ध विराटनगरमा चक्काजाम

शुक्रबार, मंसिर ९, २०७९

विराटनगर - इन्धनमा भएको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक यातायात व्यवसायीले चक्काजाम गरेका छन् । कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवंशी चोकको सडकमा सवारी साधन तर्स्याएर यातायात व्यावसीयले सडक अवरुद्ध पारेका छन् ।

सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राखेका छन् । सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने उनीहरूको भनाइ छ । चक्काजामका कारण सडकमा एम्बुलेन्ससमेत रोकिएका छन् ।

नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी इन्धनमा भारी मूल्य वृद्धि गरेको छ । डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२८
प्रतिक्रिया दिनुहोस्