Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– सशस्त्र प्रहरी बलका ३७ जना (सशस्त्र प्रहरी नायब उपरीक्षक) डिएसपीलाई (सशस्त्र प्रहरी उपरीक्षक) एसपी पदमा बढुवाका लागि सिफारिस गरिएकोछ । बढुवा समितिको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ । समितिको यही असार ५ गतेको बैठकले बढुवा सिफारिस गरेको हो । ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायत छन् । बढुवा सिफारिसमा चित्त नबुझे नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिमितसमक्ष उजुरी दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्