Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको विनिमय दर

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ३५ पैसा र बिक्री दर १५३ रुपैयाँ ९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ११ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३७ पैसा र बिक्री दर ८७ रुपैयाँ ७९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १२ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २३ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५५ पैसा र बिक्री दर १८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम भएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२७
प्रतिक्रिया दिनुहोस्