सुनको मूल्य प्रतितोला २०० रुपैयाँ वृद्धि, चाँदीस्थिर
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीस्थिर भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ९७ हजार ७०० रुपैयाँ पुगेको हो ।
यसैगरी, यसअघि प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई भने आज प्रतितोला ९७ हजार २०० रुपैयाँ पर्नेछ । त्यस्तै, चाँदीको भाउ भने आज स्थिर रहेको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा नै कारोबार भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:२७
प्रतिक्रिया दिनुहोस्