Nic Ad Nic Ad
Nic Ad Nic Ad

असार १२ मा राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– दोस्रो ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ आगामी असार १२ गते हुने भएको छ । आयोजक ब्राण्डरुट इन्टरटेनमेन्टले एक विज्ञप्ती जारी गर्दै अवार्ड वितरण मिति सार्वजनिक गरेको हो । चलचित्र लोक, आधुनिक, लोकदोहोरी लगायत गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडियो, मोडल, निर्देशक, संगीत, शब्द लगायत अवार्डमा बिभिन्न ४४ बिधा समेटिएका छन् । हरेक बिधाको उत्कृष्ट ५ मनोनयन भने केही दिन अगाडि सार्वजनिक गरिएको थियो । अवार्ड निश्पक्ष बनाउने उदेश्यले कार्यक्रम अगाडि आयोजकले जुरी सदस्य भने सार्वजनिक गरेको छैन । ४० प्रतिशत भोटिङ, ५० प्रतिशत निर्णायक र १० प्रतिशत आयोजकको नम्बरको आधारमा अवार्डमा विजेता छानिने कार्यक्रमका निर्देशक सुनिल बिसीले जानकारी दिए । भब्य सांगीतिक माहोलकासाथ जमलस्थित राष्ट्रिय नाचघर जमलमा आयोजना हुने अवार्डको उदेश्य गीतसंगीतको संरक्षण, त्यसका स्रस्टालाई सम्मान र प्रोत्सान रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार