मूल्यवृद्धिको कारण माग्दै राप्रपाले बुझायो आयल निगमलाई पत्र
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ । सोमबार प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएको हो ।
राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, शुद्धिकरण चार्ज, कर, भाडा दरलगायत विषयमा जानकारी माग गरेको छ । त्यस्तै, ‘नेपालका भीभीआपीलाई वर्षमा कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ ?’ भन्ने प्रश्नसहितको पत्र बुझाइएको शाहीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:२७
प्रतिक्रिया दिनुहोस्