Nic Ad Nic Ad
Nic Ad Nic Ad

खेलकुदलाई सिंहदरबारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले खेल र खेलाडीको क्षेत्रको बिकासका लागि सरकार सदैव अग्रसर गरेको बताएका छन् । सोमबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेलकुदलाई सिंहदरबारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आफू लागेको र खेल र खेलाडीको क्षेत्रको बिकासका लागि सरकार सदैव अग्रसर गरेको बताएका हुन् । उनले मुलुकको खेलकुद क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउनका लागि सवैको ध्यान केन्द्रीत हुनुपर्ने जिकिर गरे। खेलकुदमा फुटबल तर्फका पूर्वाधारहरु निर्माणमा सरकारले विशेष महत्व दिएको भन्दै खेलकुदमा लगानी गर्नका लागि सरकार सधैं प्रयत्नशील रहने उनले बताए । मन्त्री गहतराजले नेपाली फुटबललाई बलियो बनाउनका लागि साहस पैदान गर्नुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियामा फुटबलको स्थितिलाई बलियो बनाउन एन्फाले ध्यान केन्द्रीत गर्नुपर्ने बताए । एन्फाको संगठन मात्र भएर नपुग्ने र यसको कार्यदिशा पनि राम्रो हुनुपर्ने उनको भनाई छ । त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रलाई बलियो बनाउनका लािग एन्फाले धेरै नयाँ कार्यक्रमहरु ल्याएको जानकारी दिए । उनले खेलाडीको अभिबृद्धि गर्नका लागि पनि धेरै काम गरिएको दावी गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्