Nic Ad Nic Ad
Nic Ad Nic Ad

गलत उपचारको मारमा अभिनेत्री स्वाति

बिहीबार, मंसिर ८, २०७९
मुम्बई–कन्नड अभिनेत्री स्वाति सतीशले हालैमात्र रुट केनल सर्जरी गराएकी थिइन् । जुन सर्जरी उनका लागि पीडा बनेको छ । गलत उपचारका कारण उनको अनुहार बिग्रिएको छ । स्वातिको खराब सर्जरीपछि उनको केही तस्वीर बाहिर आएका छन् । जुन तस्वीर हेर्दा उनको अनुहार निकै बिग्रिएको प्रस्ट देख्न सकिन्छ । स्वातिले आफ्नो अनुहार बिग्रनुमा प्रमुख दोषी अस्पतालका डाक्टर भएको बताएकी छन् । उनले आफूलाई डाक्टरले गलत उपचार गरेको आरोप लगाएकी छन् । बेङ्लोरमा बस्ने स्वातिले हालैमात्र रुट केनल थेरापी गराएकी थिइन् । यसपछि उनको अनुहार पूर्ण रुपले सुन्निएको थियो । डाक्टरले उनलाई २–३ दिनमै ठिक हुने आश्वासन दिएपछि उनी घर गएकी थिइन् । तर तीन हप्तापछि पनि उनको अनुहारमा सुधार आएन । यहीकारणले उनको अनुहार पूर्ण रुपमा बिग्रिएको छ । जसकारण उनलाई चिन्न पनि गाह्रो भएको छ । उनी अहिले घरबाहिर निस्किएकी छैनन् । स्वातिले डाक्टरले आफूलाई उपचार र औषधिका बारेमा गलत र अपुरो जानकारी दिएको आरोप लगाएकी छन् । उनका अनुसार उनलाई उपचारको समयमा एनेस्थीसियाको सट्टा सेलिसिलिक एसिड दिइएको थियो । –दैनिक भास्कर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्