नेपाली महिला क्रिकेट टिमको जित (तस्वीरहरू)
काठमाडाैँ- नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
जीतसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । ७ ओभरमा १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन । इन्दु बर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् ।
पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । अब नेपालले अन्तिम खेलमा भोलि (मंगलबार) हङकङसँग खेल्नेछ।
तस्वीर-क्यान
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:०३
प्रतिक्रिया दिनुहोस्