नेप्से परिसुचक ४९.३१ अंकले घट्यो
काठमाडौं–नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक सोमवार ४९.३१ अंकले घटेको छ । आज ५० अंकले घटेसँगै परिसुचक १८८४.४१ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा भारी अंकको गिरावट आउँदा दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किटसहित जम्मा ६ कम्पनीको शेयरमूल्य बढेको हो । नेप्सेमा कारोबारको अन्तिम समयसम्म २३० कम्पनीको शेयर खरिदबिक्री भएको छ ।
आँधीखोला र सिवाईसी नेपाल लघुवित्तको मूल्यमा सकरात्मक सर्किट लागेको हो । आँधीखोला लघुवित्तको मूल्य १० प्रतिशत र सिवाईसी नेपाल लघुवित्तको मूल्य ९।९८ प्रतिशतले बढेको छ ।
यस्तै ,ओरियन्टल होटल्स, सिद्धार्थ इक्विटी, नेपाल इन्भेष्टमेण्ट डिबेन्चर २०८२ र गोर्खाज फाइन्सको शेयरमूल्य बढेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:५५
प्रतिक्रिया दिनुहोस्