‘शेयर कारोबार उत्पादनमूलक भएन’
काठमाडौँ– शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ ।
सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका हुन् ।
उनले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद सुवालले लिखित परीक्षाविना नै शेयर ब्रोकरहरु थप्ने काम भएको भन्दै त्यसमासमेत सुधारको माग गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:५७
प्रतिक्रिया दिनुहोस्