हिंसामा परेकी राधिकाकी आमाद्वारा प्रहरीमा जाहेरी
जनकपुरधाम– जनकपुरमा २२ वर्षीया राधिका कार्कीलाई करेन्ट लगाएर भएको हत्या प्रयासको घटनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । पीडित राधिकाकी आमा सिन्धुलीको गोलञ्जर गाउँपालिका–२ बस्ने अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी हुन् ।
राधिकाकी आमाले शङ्कास्पद पीडकको नाम राखेर जाहेरी दिएको धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीले पीडितकी आमाले जाहेरी दिएको र पीडक पत्ता लागेपछि दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१८
प्रतिक्रिया दिनुहोस्