सन् २०२२ को पहिलो छ महिनामा फ्रान्स हुँदै बेलायत जाने आप्रवासी बढे
पेरिस – साना डुङ्गाहरूमा फ्रान्सबाट इङ्लिस च्यानल पार गर्न खोज्ने आप्रवासीको सङ्ख्यामा यो बर्ष उच्च वृद्धि देखिएको फ्रान्सले बताएको छ ।
सन् २०२२ को पहिलो छ महिनामा यो मार्ग प्रयोग गर्न खोज्ने आप्रवासी शरणार्थी सङ्ख्या ६८ प्रतिशतले वृद्धि भएको फ्रान्सेली आन्तरिकमामिला मन्त्रालयले सोमबार जनाएको छ ।
बेलायतले आगमनमा कडाइ गर्न खोजेरहेको भएपनि उक्त च्यानल प्रयोग गर्ने आप्रवासीको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो ।
जनवरी १ देखि जून १३ सम्म उक्त च्यानलको प्रयोग गर्न २० हजार १३२ जनाको ७७७ समूहले प्रयास गरेको जनाइएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले वृद्धि भएको मन्त्रालय स्रोतले एएफपीलाई बतायो । यद्यपि फ्रान्सेली सुरक्षा बलले तीमध्ये ६० प्रतिशत भन्दा बढीलाई पार गर्न रोकेको थियो । (रासस/एएफपी)
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:०८
प्रतिक्रिया दिनुहोस्