भारतका प्रधानमन्त्री मोदीले १५ हजार मानिससँग गरे योग
काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकको मैसुरु मैदानमा योग गरेका छन् । उनले करिब १५ हजार मानिसको साथ योगाभ्यास गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री मोदीले योगको सुरुवात ताडासन, त्रिकोणासन, भद्रासनलगायतका आसनबाट गरेका थिए ।
उक्त अवसरमा मोदीले योग अब वैश्विक पर्व भएको बताए । योग कुनै व्यक्तिका लागि मात्रै नभएर सम्पूर्ण मानवताको लागि भएको मोदीको भनाइ छ । उनले विश्वका जुन कुनै स्थानमा आज योग दिवस मनाइरहेका तस्वीरहरु सार्वजनिक हुनुले साझा मानवतालाई दर्शाएको उल्लेख गरे ।
मोदीले योगलाई विश्वभर पुर्याउन भूमिका खेलेकोमा संयुक्त राष्ट्र संघलाई धन्यवाद पनि दिए । उनले महर्षि, ऋषि तथा आचार्यहरुले योगले हाम्रो जीवनमा शान्ति ल्याउने भनेको उल्लेख गर्दै योग हामी सबैको समस्याको समाधान बन सक्ने बताए ।
भारतका विभिन्न राज्यमा योग दिवस मनाइएको छ । यस्तै, भारत–तिब्बत सीमा प्रहरी (आईटीबी) को केन्द्रीय स्काई टोलीले हिउँले ढाकेको १४ हजार फिट उचाईमा रहेको रोहतांगमा योग गरेर दिवस मनाएको छ । उक्त तस्वीरले चर्चा पाइरहेको छ ।
#WATCH | People perform Yoga at Mysuru Palace Ground in Karnataka. Prime Minister Narendra Modi is leading the #InternationalDayOfYoga celebrations from here. pic.twitter.com/ia4AYVTjBF
— ANI (@ANI) June 21, 2022
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:३१
प्रतिक्रिया दिनुहोस्