Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी हुन् ढाड दुखिरहनुका मुख्य कारण

शुक्रबार, मंसिर ९, २०७९

लामो समयसम्म एकै ठाउँमा बसिरहने, कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने लगायतका विभिन्न कारणले ढाड दुख्ने समस्या आउने गर्दछ । ढाड दुखाइले काममा बाधाका साथै दैनिक जीवनयापनमा समेत समस्या आउँछ ।

शारीरिक कसरत र शारीरिक गतिविधि नगर्दा ढाड दुख्ने गर्दछ । ढाड दुख्ने समस्या दैनिक जीवनमा गर्ने कार्यहरुसँग जोडिएको हुन्छ । यसका साथै, भोकै रहने बानीले पनि शरीरमा उर्जा कम हुन्छ । शरीरलाई उर्जा प्रदान गर्ने तत्वको कमि हुँदा पनि ढाडमा समस्या आउ सक्छ । साथै भोकले मांसपेशीमा नोक्सान पुग्न सक्छ । यसले मेरुदण्डमा दबाब पैदा गर्छ ।

मेरुदण्डमा धेरै असर परकै कारण ढाड दुख्ने समस्या आउँछ । यस अलावा भिटामिन डीको कमिले पनि ढाड दुख्ने समस्या आउन सक्छ । त्यसैले बेलाबेलामा भिटामिन डीको मात्रा परीक्षण गराइरहनु पर्दछ । यसका साथै, शारीरिक रुपमा सक्रिय रहँदा पनि यसको समस्या कम हुन्छ । मुख्यत, एउटै पोजिशनमा नबस्ने, हिँडडुल गरेमा पनि ढाड दुख्ने कम हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्