रवि लामिछानेको राजनीतिक घोषणा कार्यक्रमः समर्थक ढोका फोरेर छिरे
काठमाडौँ– सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रीय सभागृहमा गर्न लागेको राजनीतिक अभियानको औपचारिक घोषणा कार्यक्रममा समर्थकको भिड लागेको छ । उपस्थित सबै भित्र जान नअटेपछि केहीले ढोका फोरेर भित्र छिरेका छन्। जर्बजस्ती भित्र छिर्ने क्रममा ढोकाकाे शिशा फुटेर केही सामान्य घाइते भएका छन् ।
उनले अहिलेका कुनै दलमा नलागि नयाँ दल गठन गर्ने बताएका छन् । उनले केही दिन अघि ग्यालेक्सी टेलिभिजनबाट राजिनामा दिँदै अब स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए । कुन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने कुरा उनले आज सार्वजनिक गर्दैछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२७
प्रतिक्रिया दिनुहोस्