यी हुन् योग गर्दा गर्नै नहुने ६ गल्ती
कुनै पनि मानिसको स्वस्थ जीवनका लागि योग महत्वपूर्ण हुन्छ । दैनिक योग गर्नु मानिसको सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । योगले मनसँग सम्बन्धित रोग मात्र नभएर शरीरलाई स्वस्थ र फुर्तिलो बनाउँछ । योगले मानिसको दिमागलाई शान्त राख्न पनि सहयोग पुर्याउँट ।
यहि कारण मानव जीवनमा योगको महत्व कति छ र यसले मानव शरीरमा के कस्ता फाइदा प्राप्त हुन्छन् भन्नेबारे थप जनचेतना फैलाउन बर्षेनि अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ । तर, योग गर्दा मानिसले जानी नजानी गल्ती गर्न पुग्छन् । जुन हानिकारक हुने भएकाले यस्ता गल्तीबाट बच्न आवश्यक छ ।
योग गर्नुभन्दा पहिला खाना खानु हुँदैन कतिपय मानिस हुन्छन् जो योग गर्न जानुभन्दा पहिला खानेकुरा खाने गर्दछन् । विज्ञहरुका अनुसार योग गर्नुभन्दा २-३ घण्टा अगाडि कुनै पनि खानेकुरा खानु हुँदैन । खाना खाएर योग गर्नाले शरीरमा असहज महसुस हुन सक्छ । खानेकुरा खाएर योग गर्नाले वान्ता पनि हुन सक्छ । यसको कारण भनेको हाम्रो पेटमा गएको खाना पच्न समय लाग्छ । त्यसकारण समस्याहरु देखा पर्ने गर्दछ ।
शरीरमा कुनै पनि चोट पटक लागे योग शिक्षकबाट नलुकाउने यदि तपाईको शरीरमा कुनै पनि चोटपटक लागेको छ र त्यसले गर्दा योग गर्दैगर्दा समस्या भएको छ भने त्यसबारेमा आफनो योग शिक्षकलाई खबर गर्नुपर्छ अन्यथा यसले ठूलो जोखिम निम्त्याउन सक्छ ।
मोबाइल फोनको प्रयोग निषेध पछिल्लो समय मोबाइल फोन मानिसका लागि अत्यन्तै खतरनाक सावित भइरहेको छ । मानिस योग गर्ने समयमा पनि आफनो फोन साथै लैजाने गर्दछन् । जसले गर्दा योगको समयमा योगमा ध्यान केन्द्रित हुन सक्दैन । योगको समयमा तपाईको सम्पुणर् ध्यान केवल आसनमा हुनु पर्दछ ।
उत्साहित भएर योगा गर्न हुँदैन हतारमा अथवा उत्साहित भएर गरेको हरेक कामले तपाईलाई समस्यामा पार्न सक्छ । त्यस कारण योग गर्दा उत्साहित भएर योग गर्नु हुँदैन ।
‘वार्मअप’ गर्न नभुल्ने यदि तपाई योग गर्दा सुरुवातमा ‘वामअर्प’ नगरिकन योग गर्न शुरु गर्नु गलत सावित हुन्छ । त्यसकारण योग गर्नुभन्दा १० मिनेट अगाडि ‘वार्मअप’ गर्नु पर्दछ । यसो गर्नाले योग गर्दैगर्दा तपाईको शरीरमा चोट पटक लाग्न बाट जोगिन्छ । आजतकको सहयोगमा