आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैया रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८३ पैसा र बिक्री दर १५३ रुपैयाँ ५७ पैसा रहेको छ। स्वीस फ्रान्कको मूल्य एकको खरिद दर १२८ रुपैयाँ ८५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४७ पैसा तोकेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ १२ पैसा र बिक्री दर ३४ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसियान रिङ्गिट एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।