Nic Ad Nic Ad
Nic Ad Nic Ad

अष्ट्रेलियाविरुद्धको सिरिज श्रीलंकालाई

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– अस्ट्रेलियाविरुद्धको पाँच खेलको एक दिवसीय सिरिज घरेलु टोली श्रीलंकाले एक खेल अगावै जितेको छ ।

कोलम्बोमा मंगलबार राति भएको चौँथो एक दिवसीय अन्तर्राष्ट्रियमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले पराजित गर्दै सिरिजमाथि कब्जा गरेको हो ।

यस जितसँगै श्रीलंकाले पाँच खेलको सिरिज एक खेल अगाबै ३-१ ले जितेको छ। श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको हो ।

श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ५४ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ९९ रनको अर्धशतकीय इनिङ खेले । श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो ।

श्रीलंकाका लागि चारिथ असलन्काले १ सय १० रनको शतकीय इनिङ खेले । धनन्जय डी सिल्भाले ६० रनको अर्धशतकीय इनिङ खेले ।

अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले २/२ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३४
प्रतिक्रिया दिनुहोस्