Nic Ad Nic Ad
Nic Ad Nic Ad

चस्समा आयुस्मा र प्रमोद

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं—डाक्टर भामा देवकोटा शर्माको शब्द, विपिन आचार्यको संगीत र डा.प्रमोद शर्माको स्वर रहेको ‘चस्स’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा डा. शर्मा र आयुस्मा कार्की फिचर्ड छन् । भिडियोमा राजेन्द्र गिरि (गुन्द्रुक), अर्जुन दर्लामी र च्वास्स चटपटेको पनि अभिनय छ । दीपककुमार शर्मा र अम्बिका शर्मा निर्माता रहेको भिडियोमा दिनेश पराजुलीको छायाङ्कन खेमनाथ खनालको सह—निर्देशन र उत्तर मगरको सम्पादन रहेको छ । वसन्त सापकोटा निर्देशित भिडियो प्रभामा युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । डा.प्रमोद दम्पती अमेरिकामा बस्दै आएका छन। यसपटक नेपाल आएको मौकामा श्रीमती डा.भामा देवकोटा शर्माको ‘अनुनय’एलबमका ३ वटा भिडियोहरु निर्माण गरि सबैमा आफुले अभिनय गरेका डा.प्रमोदको यो दोस्रो भिडियो हो । https://www.youtube.com/watch?v=UtdLiUUyZAI
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार